अग्नि मोटोइंकले नेपाली बजारमा ल्यायो फ्रेन्च मोटरसाइकल प्युजो

काठमाडौं – नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले यसका दुई प्रिमियम स्कुटर जङगो र स्पिडफाइट ४ सार्वजनिक गरेको छ ।

प्युजो जङगो १२५ सीसीको स्कुटर हो, जुन आधुनिक प्रविधि सहित रेट्रो डिजाइनमा उपलब्ध छ । यसमा एयर–कुल्ड ईएफआई इन्जिन छ, जसले १०.६ बीएचपी पावर दिन्छ, जुन स्मुद र पावरफुल राइड प्रदान गर्ने युरो फाइभ स्ट्यान्डर्डको छ ।

ठूलो बडी साइज, ठुलो ह्विल, लक गर्न मिल्ने स्टोरेज बक्स सहितको सेन्ट्रल लकिङ सिस्टम लगायत यसमा एड्भान्स्ड फिचरको रुपमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, एबीएस ब्रेकिङ सिस्टम, इलिगेन्ट एलसीडी ड्यासबोर्ड र १२ भोल्ट चार्जिङ पोर्ट लगायतका विशेषता छन् ।