कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा, अग्नी ग्रुपसँग आज भयो सम्झौता
Posted on by agni@press
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ।
शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्।
आजै महिन्द्रा लेखिएको टिमको जर्सीसमेत सार्वजनिक गरिएको छ।
सम्झौताबारे महिन्द्रा, अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताएकी थिइन्।
‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं। कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना,’ उनले भनिन्।
Recent Posts
- Mahindra BE6 and XEV 9e Electric SUVs Launched in Chitwan
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।