महिन्द्राको एक्सयूभी-४०० कार नेपाली बजारमा
काठमाडौंमा सोमबार सार्वजनिक गरिएसँगै बूकिङ पनि खुला गरिएको छ। यो नेपालका लागि महिन्द्राको पहिलो विद्युतीय कारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।
यसमा स्ट्यान्ड आउट एक्सयूभी-४०० ईएल-प्रो भेरियन्ट र ३९.४ किलोवाटको ब्याट्री छ। नेपाली बजारका लागि यो विशेष संस्करण भएको कम्पनीको दाबी छ।
नेपालमा महिन्द्रा एक्सयूभी-४०० प्रस्तुत गर्न पाउँदा खुशी लागेको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरन्याशनल अपरेशन हेड सचिन अरोलकरले बताए। द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधा भएको यो कारले नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्ने उनको भनाइ छ।
यसलाई नेपाली बजारमा ल्याएको अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो डिजाइन, स्पेश र प्रविधिका हिसाबले आकर्षक रहेको बताए। “यसले नेपाली उपभोक्तालाई विद्युतीय सेवा लिन उत्साहित र प्रेरित गर्नेछ,” श्रेष्ठले भने।
बूकिङ खुला गरिएको एक्सयूभी-४०० को ब्याट्री र मोटरमा तीन वर्षको वारेन्टी छ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
Recent Posts
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।
- स्वस्तिमाले किनिन् ६८ लाखको गाडी