महिन्द्राको अत्याधुनिक शोरुम धनगढीमा, कस्ता गाडीलाई कति पर्छ मूल्य ?
काठमाडौ । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदुरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक शोरुम सहित महिन्द्रा गाडीको बिक्रीवितरण शुरु गरेको छ । युवा ब्यबसायी हरिशंकर ठाकुरको लगानी रहेको ठाकुर मोटर्सको आज सुदुरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री प्रकाश बहादुर देउवा र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले उदघाटन गरेका छन । उदघाटन भएसंगै आजै “स्कर्पियो–एन” र एसटेन गाडी बिक्रीवितरण गरिएको ठाकुर मोटर्समा प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताए ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि “स्कर्पियो–एन” नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ ।
Recent Posts
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।
- स्वस्तिमाले किनिन् ६८ लाखको गाडी