नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी अब इटहरीमा

इटहरी– सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३०० सार्वजनिक गरिएको छ।

क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एसयूभी– एक्सयूभी ७०० र एक्सयूभी ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ। साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन्।

नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरे।