महिन्द्राको अल–न्यू स्कर्पियो–एन नेपाली बजारमा
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्माण गरिएको हो ।
घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने, ‘भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न पाउँदा हामी हर्षित छौF । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो ।’
शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ । यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ ।’
यसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ ।
Recent Posts
- Mahindra BE6 and XEV 9e Electric SUVs Launched in Chitwan
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।
- स्वस्तिमाले किनिन् ६८ लाखको गाडी
- स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ कार
- महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?
- महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता