महिन्द्राको अत्याधुनिक शोरुम धनगढीमा, कस्ता गाडीलाई कति पर्छ मूल्य ?
काठमाडौ । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदुरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक शोरुम सहित महिन्द्रा गाडीको बिक्रीवितरण शुरु गरेको छ । युवा ब्यबसायी हरिशंकर ठाकुरको लगानी रहेको ठाकुर मोटर्सको आज सुदुरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री प्रकाश बहादुर देउवा र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले उदघाटन गरेका छन । उदघाटन भएसंगै आजै “स्कर्पियो–एन” र एसटेन गाडी बिक्रीवितरण गरिएको ठाकुर मोटर्समा प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताए ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि “स्कर्पियो–एन” नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ ।
Recent Posts
- महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?
- महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता
- महिन्द्रा एक्सयूभी थ्रीएक्सओ परीक्षणका लागि नेपालमा, यस्तो हुनेछ मूल्य
- Auto business gears up for Dashain season at NAIMA Nepal Mobility Expo 2025
- EVs take center stage at NAIMA Nepal Mobility Expo[Photo Feature]
- New Vehicle Launches at NAIMA Mobility Expo