कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा, अग्नी ग्रुपसँग आज भयो सम्झौता
Posted on by agni@press
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ।
शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्।
आजै महिन्द्रा लेखिएको टिमको जर्सीसमेत सार्वजनिक गरिएको छ।
सम्झौताबारे महिन्द्रा, अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताएकी थिइन्।
‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं। कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना,’ उनले भनिन्।
Recent Posts
- महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?
- महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता
- महिन्द्रा एक्सयूभी थ्रीएक्सओ परीक्षणका लागि नेपालमा, यस्तो हुनेछ मूल्य
- Auto business gears up for Dashain season at NAIMA Nepal Mobility Expo 2025
- EVs take center stage at NAIMA Nepal Mobility Expo[Photo Feature]
- New Vehicle Launches at NAIMA Mobility Expo