महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख
काठमाडौँ
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नाइमा नेपाल मोबिलिटि एक्सपोमा अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभि, बिइ–सिक्स र एक्सइभि–नाइन–इ सार्वजनिक गरेको छ ।
यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित रहेको र संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित रहेको कम्पनीले जानकारी दिएको छ ।
बिइसिक्स ‘प्याक वन अभोब, प्याक टु, र प्याक थ्रि सेलेक्ट’ को भेरियन्टमा उपलब्ध छ भने एक्सइभी नाइनइ पनि ‘प्याक टु, प्याक थ्रि सेलेक्ट, र प्याक थ्रि’ मा उपलब्ध हुनेछ । महिन्द्राले यी सबै भेरियन्टको बुकिङ खुला गरिसकेको छ ।
सार्वजनिक कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले नेपाली बजारमा दुबै मोडल सार्वजनिक गर्दै विद्युतीय मोबिलिटिको नयाँ अनुभव उपलब्ध गराउने बताउनुभयो ।
उनले नेपाली बजार निरन्तर परिवर्तन हुने र स्वच्छ उर्जाका प्रविधिलाई अपनाउने भन्दै यी एसयुभिले नेपाली ग्राहकको लागि उत्कृष्ट पर्फमेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्ने बताउनु भयो ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले महिन्द्राका इलेक्ट्रिक ओरिजिन एसयुभि नेपालमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित रहेको बताए । उनले बुधबार सार्वजनिक दुबै फ्युचर–रेडि’प्रोडक्टहरू रहेको र उदाउँदो नेपालको आधुनिक ग्राहकको परिस्कृत आकांक्षाहरूलाई प्रतिबिम्बित गर्ने बतउनु भयो ।