महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’ नेपालमा सार्वजनिक
–सुरुवाती मूल्य ५७ लाख
काठमाडौँ । विश्वव्यापी अटोमोटिभ क्षेत्रमा अग्रस्थानमा रहेको कम्पनी, महिन्द्रा एन्ड महिन्द्राले आज नेपाली बजारको लागि आफ्नो अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू, बिइ–सिक्स र एक्सइभि–नाइन–इ सार्वजनिक गरेको छ ।
आज आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपोको अवसरमा यी गाडीहरू सार्वजनिक गरेको हो । महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरबाट सञ्चालित छन् ।
यी अत्याधुनिक इ–एसयुभिहरूको सार्वजनिकले नेपाली विद्युतीय गाडीको क्षेत्रमा थप प्रतिस्प्रर्धि बनाएको छ ।
बीई ६ तीन भिन्न भेरियन्टहरूमा उपलब्ध हुनेछ – ‘प्याक वन अभोब, प्याक टु, र प्याक थ्रि सेलेक्ट’ । त्यस्तै, एक्सइभि ९इ पनि ‘प्याक टु, प्याक थ्रि सेलेक्ट, र प्याक थ्रि’ मा उपलब्ध हुनेछ । महिन्द्राले यी सबै भेरियन्टहरूको बुकिङ खुला गरेको जनाएको छ ।
नेपालमा बीई ६ र एक्सइभी ९इ को विक्री तथा वितरण नेपालको लागि आधिकारिक वितरक अग्नि ग्रुपले गर्नेछ ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले “नेपाली बजारमा बीई ६ र एक्सइभी ९इ विद्युतीय सवारीमा नयाँ अनुभव उपलब्ध गराउने बताए ।
यी गडीहरुले ग्राहकहरूको लागि उत्कृष्ट पर्फमेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्ने कम्पनीको दावी रहेको छ ।
महिन्द्राका इलेक्ट्रिक ओरिजिन एसयुभिहरू नेपालमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले बताए । भविष्यमा यी गाडीहरुले आधुनिक र इभी पारखी ग्राहकहरूको आकांक्षाहरूलाई पुरा गर्ने श्रेष्ठले बताए ।
श्रेष्ठले यी गाडीहरूको कमान्डिङ प्रिजेन्स, इन्टेलिजेन्ट विशेषताहरू र हार्टकोर डिजाइन फिलोसोफिले गर्दा यसले नेपाली इभि बजारमा नयाँ पना दिनेमा आफुहरु विवस्त रहेको बताए ।
बीई ६ मा एड्भेन्चर र पर्फमेन्सबाट प्रेरित एथलेटिक सिलुएट (बनोट) रहेको छ भने एक्सइभी ९इ मा परिस्कृत र लक्जरी एसयुभि कुप डिजाइन रहेको छ । दुवै एसयुभिहरूको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने अपेक्षा गर्न सकिन्छ ।
यी दुवै एसयुभिले दमदार परफर्मेन्स प्रदान गर्दछ । अधिकांस भेरियन्टहरूले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीको यात्राहरूमा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ । एक्सइभी ९इ को प्याक थ्रि भेरियन्टमा १९९ किलोवाटको पावर छ जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ र इलेक्ट्रिक एसयुभिको क्याटेगरिमा पर्फमेन्सको अपेक्षा तथा मापदण्डलाई उच्च बनाउँदछ ।
एसयुभिको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाहरूले भरिपूर्ण रहेको छ जसले छुट्टै ‘इन–क्याबिन’ अनुभव प्रदान गर्दछ । एक्सइभी ९इ मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले रहेको छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ । बीई ६ मा ‘रेस–रेडि डिजिटल ककपिट’ रहेको छ जसले चालकलाई हाइ–पर्फमेन्स गाडीको अनुभव दिन्छ ।