चन्द्रनिगाहपुरमा खुल्याे महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम
शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५ का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थितिमा शुक्रबार उद्घाटन गरेका हुन्।
रौतहट र आसपासका ग्राहकहरूलाई गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने उद्देश्यले नयाँ थ्रीएस शोरुम स्थापना गरिएको हो।
यो ‘थ्री एस सेटअप’ अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस्को बिक्री तथा सेवा उपलब्ध गराउने बताएको छ।
Recent Posts
- महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?
- महिन्द्राको नयाँ XUV 3XO नेपाली बजारमा, सुरक्षादेखि स्टाइलसम्म सबैतिर उत्कृष्टता
- महिन्द्रा एक्सयूभी थ्रीएक्सओ परीक्षणका लागि नेपालमा, यस्तो हुनेछ मूल्य
- Auto business gears up for Dashain season at NAIMA Nepal Mobility Expo 2025
- EVs take center stage at NAIMA Nepal Mobility Expo[Photo Feature]