चन्द्रनिगाहपुरमा खुल्याे महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम
शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५ का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थितिमा शुक्रबार उद्घाटन गरेका हुन्।
रौतहट र आसपासका ग्राहकहरूलाई गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने उद्देश्यले नयाँ थ्रीएस शोरुम स्थापना गरिएको हो।
यो ‘थ्री एस सेटअप’ अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस्को बिक्री तथा सेवा उपलब्ध गराउने बताएको छ।
Recent Posts
- Mahindra BE6 and XEV 9e Electric SUVs Launched in Chitwan
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”