स्वस्तिमाले किनिन् ६८ लाखको गाडी
अभिनेत्री स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ६८ लाख रुपैयाँ मूल्य पर्ने ईभी कार ‘बी सिक्स’ किनेकी छन्। अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई नक्साल गैरीधारास्थित शो रुममा कार हस्तान्तरण गरे।
स्वस्तिमाको यो दोस्रो ईभी कार हो । यसअघि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।