काठमाडौं । विश्वप्रसिद्ध अटो कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक एसयुभिहरू BE 6 र XEV 9e सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा आयोजित कार्यक्रममा महिन्द्राले यी गाडीहरू नेपाली बजारमा प्रस्तुत गरेको हो, जसको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ।
BE 6 र XEV 9e दुबै महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन आर्किटेक्चर’ INGLO प्लेटफर्ममा आधारित छन् र संसारकै तीव्रतम् अटोमोटिभ माइन्ड MAIA (Mahindra Artificial Intelligence Architecture) द्वारा सञ्चालित छन्।
यी गाडीहरूले नेपाली विद्युतीय सवारी साधन बजारमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।