महिन्द्राले नाइमा नेपाल मोबिलिटी एक्सपोमा इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बीई ६ र एक्सईभी ९ नेपाली बजारमा सार्वजनिक गरेको छ । यी दुबै मोडल महिन्द्राको ‘इङ्लो’ प्लेटफर्ममा आधारित छन् ।
बीई ६ मोडल ‘प्याक वन अभोब’, ‘प्याक टु’, र ‘प्याक थ्रि सेलेक्ट’ भेरियन्टमा उपलब्ध छ भने एक्सईभी ९ ‘प्याक टु’, ‘प्याक थ्रि सेलेक्ट’ र ‘प्याक थ्रि’ मा उपलब्ध छ ।
कम्पनीले दुबै मोडलका सबै भेरियन्टको बुकिङ खुला गरिसकेको जनाएको छ । प्रारम्भिक मूल्य ५७ लाख रुपियाँ तोकिएको छ । अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले महिन्द्राका फ्युचर–रेडी इलेक्ट्रिक गाडीहरू नेपालमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।