महिन्द्राको अल–न्यू स्कर्पियो–एन नेपाली बजारमा
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्माण गरिएको हो ।
घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने, ‘भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न पाउँदा हामी हर्षित छौF । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो ।’
शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ । यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ ।’
यसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ ।
Recent Posts
- कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा, अग्नी ग्रुपसँग आज भयो सम्झौता
- महिन्द्राको एक्सयूभी-४०० कार नेपाली बजारमा
- महिन्द्राको अत्याधुनिक शोरुम धनगढीमा, कस्ता गाडीलाई कति पर्छ मूल्य ?
- नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी अब इटहरीमा
- Mahindra’s Twin Peaks Showroom Expands To Chitwan
- अग्नि ग्रुपले जनकपुरमा शुरू गर्यो महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड आधिकारिक शोरूम !
- Mahindra revs up its XUV300 brand with thrilling new variant
- Mahindra XUV 700 Price In Nepal : Variants, Mileage, Specs
- अर्थ व्यवसाय सबैभन्दा बढी आयकर तिर्ने दाखिला गरी बालाजु अटो सम्मानित
- कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालन