अग्नि ग्रुप ३०औं वर्षमा, ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान
नेपालको एक व्यापारिक समूह अग्नि ग्रुपले स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान गरेको छ । ग्रुपले यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
स्थापना वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिएका छन् । ‘हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु। यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,’ श्रेष्ठले भने ।
अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । हाल ग्रुपले अटोमोबाइल्स, स्पेयर्स र सेवाहरू बिक्रीवितरण गरिरहेको छ । देशभर हाल ग्रुपका ७१ भन्दा अधिक डिलर तथा शाखा छन् । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ । हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् ।
Recent Posts
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।