अग्नि ग्रुपले भित्र्यायो १.७ टन भार क्षमताको ‘महिन्द्रा बोलेरो पिक–अप’

११ जेठ, काठमाडौं । नेपालका लागि  महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रालिले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ ‘महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड १.७टी’ सार्वजनिक गरेको छ ।

काठमाडौं गैरीधारा, पोखरा, वीरगञ्ज, चितवन र विराटनगरको महिन्द्रा शोरुममा आइतबार औपचारिक सार्वजनिकीकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक–अप सार्वजनिक गरिएको हो ।